सेती प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २९ नमुना परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा चारजना कोरोना संक्रमित विरामी उपचाररत छन् । ती चारै जनाको आइसियूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।