कैलालीमा '...सधैँका लागी टाढा भइदिन्छु' भन्दै स्ट्याटसलेखेकी महिला झुण्डिएको अवस्थामा मृतफेला

कैलालीमा '...सधैँका लागी टाढा भइदिन्छु' भन्दै स्ट्याटसलेखेकी महिला झुण्डिएको अवस्थामा मृतफेला

धनगढी । कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ६ बस्ने देभराज खत्रीकी २८ वर्षीय श्रीमती निरु खत्री मृत फेला परेकी हुन् । 

उनी त्यहाँ स्थित लाली गुराँस सामुदायिक बनमा दोपट्टाले झुण्डिएर आत्म हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेद प्रकाश जोशीले बताए ।

खत्रीले २० घण्टा पहिले आफ्नो फेसबुकमा फोटो राख्दै, ''कसैइको मन दुखाउनु मेरो रहर होहिन राम्रो गर्दापनि गलत सोहचछौ भने सधैको लागी टाढा भइदिन्छु'' भन्दै स्ट्याटस समेत लेखेको पाईएको छ । 

यद्धपी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।