सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलका कुरा गर्ने दलहरूको बाध्यता हो : भट्टराई

सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलका कुरा गर्ने दलहरूको बाध्यता हो : भट्टराई

धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान प्रधान मन्त्री शेरबहादुर देउवाले एमाले देखाएर प्रचण्ड र माधव नेपाललाई सिस्नु पानी हानेको बताएका छन् । शुक्रवार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका नेता माधव कुमार नेपाललाई सिस्नु पानी हानेको बताएका हुन् । 

नेता भट्टराईले एमसीसी पास नगरे एमाले सँग मिलेर गठबन्धन तोडी दिन्छु भनेर प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाललाई सिस्नु पानी हानेको र अहिले प्रचण्डले पनि एमाले लाई देखाउँदै प्रधान मन्त्रीलाई धम्की दिई रहेको बताएका छन् । "शेर बहादुर जिले एमालेको भूतले तर्साएर अरूलाई डराउनुभयो । एमसीसी पास गरेनौ भने एमाले सँग मिलेर पास गराउँछु । गठबन्धन ताडी दिन्छु भन्दै स्निु पानी हाने झैँ गर्नुभयो अहिले प्रचण्ड जी ले राम्ररी जाने भए जाऊँ हैन भने एमाले सँग मिल्छु भनेर धम्काई राख्न भएको छ । शेरबहादुर देउवा ज्युलाई । त्यो धम्की हो ।" उनले भने । 

यद्धपी नेता भट्टराईले अब नेपालका वामपन्थीहरूले एक हुन चाहे नेकपा एमालेमा गोलबन्द हुनुपर्ने स्पष्ट समेत पारेका छन् । 

यस्तै, भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरूले अझै स्थानीय तहको निर्वाचन सार्ने खोजिरहेको आरोप समेत लगाएका छन् । उनले स्थानीय तहको निर्वाचन सार्ने बहानामा योजनाबद्ध ढङ्गले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका हुन । उनले अदालतसँग निर्वाचन कुनै पनि हालतमा नरोक्न आग्रह गरे । 

उनले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न विभिन्न प्रयास गरिरहेको बताउँदै नेकपा एमालेको दबाब र सिङ्गो मुलुकका बुद्धिजीवीको दबाबमा वैशाख ३० गते निर्वाचन मिति घोषणा गरिएको दाबी गरे ।

त्यस्तै, भट्टराईले निर्वाचन लक्षित गरी कर्मचारीहरूको सरुवा बढुवा, सुरक्षा निकायको सरुवा गर्ने लगायतका काम गरिरहेको बताए । कर्मचारी सरुवा बढुवा सरकारको नियमित काम हो । यसमा कुनै आपत्ति नरहेको तर, निर्वाचन लक्षित गरेर, निर्वाचनलाई प्रभावित गर्ने गरेर केही नियोजित कामहरू भइरहेको उनको आरोप छ ।  

उनले नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको उनले बताए । 

नेता भट्टराईले गठबन्धन सरकारले आठ महिनामा कुनै राम्रा काम गर्न नसकेको महँगी निक्कै बढेको, आर्थिक अवस्था इतिहासकै खराब भएको, विदेशी मुद्राको सञ्चय घटेको, सहयोग अनुदान आउन छोडेको र परराष्ट्र सम्बन्ध असन्तुलित बनाएकोले पनि एमालेले पहिले भन्दा बढी जित्ने बताए ।

उनले जिल्ला कमिटीले एक तहमाथिको कमिटीसँग पूर्व स्वीकृति लिएर स्थानीय आवश्यकता अनुसार जिल्ला कमिटीहरूले चुनावी तालमेल गर्न सक्ने बताए । भने उनले एमालेको मुख्य प्रतिद्वन्द्वी नेपाली काँग्रेस मात्र रहेको दाबी गरे । 

उनले केही दलहरूले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने भन्दै आइरहेको बताए । ''त्यो उहाँहरूको बाध्यता हो । किनभने उहाँहरूले एकलै चुनाव लडेर जित्न सक्ने कहीँ पनि छैन । त्यस कारण काँग्रेससँग टाँसिएर केही ठाउँमा हात लाग्छ कि भनेर उहाँहरूले सोच्नु भएको छ पूर्व मन्त्री समेत रहेका भट्टराईले भने यो बहुदलीय प्रणाली हो । पार्टीहरूबिच प्रतिस्पर्धा हुन्छ र यो बहुदलीय प्रणाली अब बिस्तारै दुई पार्टीबिचको प्रतिस्पर्धामा जाँदै छ ।'' उनले भने । 

उनले अहिलेको गठबन्धन वैचारिक तथा सैद्धान्तिक गठबन्धन नरहेको बताए । उनले गठबन्धन नेकपा एमाले विरुद्ध रहेको बताए । उनले व्यक्तिगत स्वार्थका आधारमा बनेको गठबन्धनलाई नेपाली जनताले कायम नराख्ने बताए । उनले एमालेले गठबन्धनबाट एमाले त्रसित नभएको बताए ।