कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनको बिषयमा मतभेद

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनको बिषयमा मतभेद

३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ । 

स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत भएको छ । 


संस्थापन पक्षका नेताहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने मत राखेका छन् भने इतर समूहका नेताहरू एक्लै चुनाव लड्नुपर्ने पक्षमा उभिएका छन् । शुक्रबारको बैठकमा २१ केन्द्रीय सदस्य र ६ प्रदेशका सभापतिले धारणा राखेकामा अधिकांशले आवश्यकताअनुसार गठबन्धनमा जोड दिएका छन् ।