डीएसपी भट्टका १४ महिना : चोरी–डकैती, लागुऔषध दुव्र्यसन र सवारी दुर्घटना नियन्त्रणमा महत्वपूर्ण उपलब्धी

डीएसपी भट्टका १४ महिना : चोरी–डकैती, लागुऔषध दुव्र्यसन र सवारी दुर्घटना नियन्त्रणमा महत्वपूर्ण उपलब्धी

दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टको सरुवा भएको छ । १४ महिना दार्चुला बस्नुभएका भट्टको शुक्रवार एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।

उनले आफूले प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि अहिलेसम्मको परिणाम हेर्दा जिल्लामा चोरी, डकैती, लुटपाट, सवारी दुर्घटना नियन्त्रण र लागु औषध दुव्र्यसन हटाउने कुरामा उल्लेख उपलब्धी हासिल भएको बताएका छन् ।

विगत वर्षका घटनाहरुलाई हेर्ने हो भने यो वर्षका करिब १२ महिनामा ती घटनामा उल्लेख्य सुधार आएको प्रहरी नायव उपरीक्षक भट्टले बताए । उनले भने– ‘सुरुमा मैले एक, दुई महिना जिल्लामा घट्ने सबै अपराध र घटनाहरु अध्ययन गरे, त्यसपछि क्वीक रेस्पोन्सका साथ काममा लागे, नभन्दै अपेक्षाकृत उपलब्धी हासिल गरे ।’ प्रहरी कार्यालयको तथ्यांकले अहिले जिल्लामा चोरी डकैतीका घटना, कलह, झैझगडा त्यसैगरी सवारी दुर्घटनाका घटना कम घटेको देखाएको छ ।

खलंगा बजारमा लागुऔषध सेवन गर्ने युवाहरुको झुण्डसमेत डीएसपी भट्टको सक्रृयता र कारवाहीले तितरवितर भएको देखिन्छ । पछिल्लो समय प्रहरीले जिल्लाभरीका ४ सय बढी विद्यालयमा गएर विद्यार्थीहरुलाई प्रशिक्षित गरेको जनाएको छ ।

विद्यालयमा गएर विद्यार्थीहरुलाई लैंगिक हिंसा, बाल विवाह, बहूविवाह, लागुऔषध दुव्र्यसनी, साइबर अपराध जस्ता विषयमा प्रशिक्षण गरी सचेत गराइएको प्रहरी नायव उपरीक्षक भट्टले बताए । साथै उनले जिल्ला प्रहरी कार्यालय मानवीय सेवामासमेत अग्रसर रहेको उल्लेख गरे ।

मानवीय सेवाअन्तर्गत नै कार्यालयको गाडीले २३ जना गर्भवती तथा सुत्केरी महिला र १ सय २३ जना बिरामीलाई अस्पताल पठाइएको बताए । गत वर्षको फागुनमा दार्चुला आएका भट्टको जिल्ला प्रहरी कार्यालय बाँके काज सरुवा भएको छ । उनको ठाउँमा मधेश प्रदेशस्थित प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषाबाट प्रतिक विष्ट आउन लागेका छन् ।