नेपालमा २ हजार ६५५ नमूना परीक्षण हुँदा ८ जनामा कोरोना पुष्टि

नेपालमा २ हजार ६५५ नमूना परीक्षण हुँदा ८ जनामा कोरोना पुष्टि

नेपालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ३४२ नमूनाको परीक्षण हुँदा शनिबार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

गत २४ घण्टामा १ हजार ६९६ जनाको पीसीआर र ९५९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

पीसीआर परीक्षणबाट मात्रै ८ जनामा संक्रमण पुष्टि भएको हो।  एन्टिजेन परीक्षणका क्रममा ९५९ नमूनाकै रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि २१० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।