धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज प्रकाश सपुत र निशान भट्टराई आउँदै

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज प्रकाश सपुत र निशान भट्टराई आउँदै

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ । आइतबार आज महोत्सवको चौथौं दिन हो । 

आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक निशान भट्टराई, प्रकाश सपुत र रुपमा घर्तीमगर मुख्य आर्कषण रहेका छन् ।

महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । बिहीबारबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।