पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

पछिल्ला केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।