नेपालले आज ५०औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै

नेपालले आज ५०औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै

नेपालले आज कीर्तिपुरस्थित टिुयु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पपुवा न्युगिनी पीएनजी सँग प्रतिस्पर्धा गर्दैछ। 

घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा पीएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो। त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः३० मा सुरु हुनेछ।

पीएनजीविरुद्धको खेल नेपालको ५०औं टी–ट्वान्टी अन्तराष्ट्रिय खेल हो।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यसअघिका दुवै खेलमा पराजित पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ।