आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)सुरु,३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)सुरु,३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने

पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । 
उनले भने, ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ । त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो।’ 

राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।