कैलालीमा सशस्त्रले बरामद गरेको ३६ लाखको सुन, परीक्षणका लागी नेपालगञ्ज पुग्दा ७ लाखको मात्रै

कैलालीमा सशस्त्रले बरामद गरेको ३६ लाखको सुन, परीक्षणका लागी नेपालगञ्ज पुग्दा ७ लाखको मात्रै

धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले बरामद गरेको ३६ लाखको सुन परीक्षण गर्दा ७ लाखको मात्रै पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलाली गत सोमबार बरामद गरेको सुन चाँदीका गरगहना परीक्षण गर्दा केही नक्कली भएको पुष्टि भएका हुन् ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बेओपी त्रिनगर र बेओपी डोके बजारबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका–२, त्रिनगरबाट ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी गरी ३६ लाख ८ हजार ३९० मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद गरेकोमा राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाई चेक जाँच गर्दा ७ लाख बराबरका गरगहना सक्कली भएको पुष्टि भएको छ । भने बाँकी नक्कली गरगहना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर सिंहले बताए ।

सुन चाँदीका गर गहना कसरी बरामद गरियो ? भन्ने प्रश्नको जवाफ दिदैं सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर सिंहले भने, “सशस्त्र प्रहरीको सीमामा खटिएको टोलीले विशेष सूचनाको अधारमा भन्सार छली ल्याउँदै गरेको सो परिमाणको समान बरामद गरेका हौँ ।” 

हामीले प्रश्न दोहोर्यायौं, तपाईँले भन्सार छली ल्याउँदै गरेको सुन चाँदीका समान बरामद गरेका हौँ । भन्नुभयो अनि भन्सार छली ल्याउने व्यक्ति किन पक्राउ परेनन् ? भनी सोध्दा जवाफ भने केही फरक आएको छ । सशस्त्र प्रहरी उपरीक्षक सिंहले भने, “भारतबाट नेपाल तर्फ आउँदै गरेका २ जना एक आपसमा लडिराखेको र किन लडे भनी सशस्त्र प्रहरीले रोक्न जाँदा उनीहरूले झोला समेत छोडेर भागेको र किन भागे, झोलामा के छ भनी सोध्दा  सो समान फेला पारेका हा हौँ ।”

सिंहको फरक-फरक जवाफ पछि पुनः स्पष्ट हुन, हामीले तपाईँले अथवा तपाईँको टोलीले  विशेष सूचना पाएको कि ? झगडा भएको स्थानमा जाँदा ती व्यक्ति फरार भएका ?  फेरी उपरीक्षक सिंहको जवाफ फेरियो उलने भने, “झगडा भएको हैन की त्यहाँ सीमामा खटिएको इन्स्पेक्टर साबेल सीमाबाट त्यसरी समान लिएर आउँदै छ । भन्ने सूचना पाएको होला ।”

उल्लेखित प्रश्नहरूको एकै अथवा स्पष्ट जवाफ किन आएन होला भन्ने प्रश्न अझै उब्जिएको छ । 

सशस्त्र प्रहरीको टोलीले बरामद गरेका ३६ लाख बराबरका गहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरले चेकजाँच गर्दा ७ लाख बराबरको मात्रै भएको खुल्न आएको छ । सो विषयमा विषयमा सशस्त्र प्रहरी उपरीक्षक सिंहलेको भनाई यस्तो छ । 
“यहाँको कैलाली सुन चाँदी व्यवसायी लाई पत्राचार गरी चेकजाँच गरिमाग्दा २७ वटा बस्तु मध्ये ८ ओटा नक्कली रहेछन् । त्यसमा उल्लेखित धातु रहेछ भन्ने थाहा भयो । नक्कली भनिएको ८ वटा बस्तु चाहिँ मुचुल्का खडा गरी यहीँ राखेका छौँ । बाँकी १९ वटा हामीले राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएका हौँ ।” उनले भने ।

सिंहले थप्दै भने, “हामीले यताबाट पठाएको ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी अहिलेको मूल्य अनुरूप ३६ लाख ८ हजार ३९० मूल्य बराबरको समान उता राजश्व अनुसन्धान कार्यालय कोहलपुरले चेक जाँच गर्दा कोहलपुरको सुनचाँदी व्यवसायीलाई बोलाएर पूर्ण रूपमा पगालेर चेक जाँच गर्दा ४३१ ग्राम सुन भनी पठाएकोमा ८४ ग्राम र २०७ ग्राम चाँदी भनिएकोमा ११५ ग्राम गर्दा ७ लाख २१ हजार बराबरको मात्रै सक्कली भएको पुष्टि भएको छ ।” उनले भने । 

हामीले तपाईँहरूले यसमा कुनै चलखेल गर्नुभएको त हैन ? घटनाक्रम हेर्दा शङ्का गर्ने ठाउँ त देखियो ? भनी सोधेको प्रश्नमा भने सिंहले सोझै अस्वीकार गर्दै भने, "नाइँ गलत कुरा हो । काम गर्ने मान्छे लाई त्यस्तो आरोप लगाई राख्छन् । हामीले वडा नंं. ३ को वडा अध्यक्ष तथा स्थानीको रोहबरमा बरामद मुचुल्का बनाएका छौँ त ।" उनले भने । 

उनले थप्दै भने, “अहिले भारतीय व्यक्ति घरको गहना चोरी भएको भन्दै खोज्दै आएको छ । धेरै गहना बनावटी रहेछन् चोरी ल्याउनेले सबै सुनकै हुन भनी लिएको देखिन्छ । ती व्यक्तिले फोटो सहित लिएर आएका छन् । हामीले सबै ठाउँमा यो व्यक्ति फेला परेमा सम्पर्क अनुरोध गर्दै फोटो पनि विभिन्न स्थानमा पठाएका छौँ” 

यस्तै, सुनचाँदी व्यवसायी संघ कैलालीका सह-सचिव मान ब. सोबले सशस्त्र प्रहरीको आग्रहमा चेकजाँच गरिएको गर गहना ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी रहेको र त्यसमा कति वास्तविक र कति बनावटी धातु प्रयोग गरिएको छ भन्ने पगालेर हर्नुपर्ने तर सो गहनाहरू को स्वरूप नबिगार्नु पर्ने भएकोले ठ्याक्कै ठम्याउन भने नसकेको बताए । त्यसमा पत्थर र माला सहितको तौल भएको हुनाले केही तौल घट्न सक्ने उनको भनाई थियो । “सशस्त्र प्रहरीको अनुरोधमा हामीले बरामद गरेको सुन परीक्षण गरेका थियौँ । त्यो सबै गहना पगालेर मात्रै कुनै धातु मिसावट गरिएको छ भन्ने पत्ता लगाउन सकिन्छ तर त्यो गर्न नमिल्ने रहेछ । गर गहना सँगै गहनामा प्रयोग गरिने पत्थर र पोते थियो त्यो पत्थर सहितको तौल हो त्यसमा केही घट्न सक्ने सम्भावना रहन्छ ।” उनले भने । 

यद्धपी, भन्सार छली गरी ल्याउँदै गरेका गरगहना बरामद हुनु तर व्यक्ति पक्राउ नपर्नु, सशस्त्र प्रहरीले सूचना पाएको थियो अथवा चेकजाँचका क्रममा स्पष्ट जवाफ नमिल्नुले शङ्का गर्ने ठाउँ भने प्रशस्त देखिएको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा सीमामा हुने यस्ता खालका घटनाहरूले नागरिकहरू तथा सरोकारवाला सबैलाई संसकित तुल्याएको छ नै । सशस्त्र प्रहरीको काम कारबाही प्रति पनि प्रश्न चिन्ह खडा भएको छ ?