प्रदेश सभामा स्वरोजगार कोष सम्बन्धी विधेयकक पेश

प्रदेश सभामा स्वरोजगार कोष सम्बन्धी विधेयकक पेश

धनगढी : प्रदेश सभाको हिजोको बैठकमा स्वरोजगार कोष स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ । प्रदेश सभाको आजको बैठकमा सभामुख अर्जुन बहादुर थापाले सो विधेयक माथि बिरोधको कुनै पनि सूचना नभएको जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहरालाई विधेयक पेश गर्न अनुमति दिनुभएको थियो ।

सभामुख थापाको अनुमति पछि मन्त्री बोहराले विधेयक पेश गर्नुभएको हो । विधेयक पेश गर्दै मन्त्री बोहराले बजेट भाषणमै ब्यवस्था भएकोले स्वरोजगार कोष स्थापनाका लागि विधेयक ल्याइएको बताउनुभयो । 

विधेयकमा ८ परिच्छेद, ३९ दफा रहेका छन् । पूजी एवम लगानीको स्रोतको अभाव भएका प्रदेशका बेरोजगार जनशक्तिलाई सीप सिकाई उद्यमशीलताको विकास, उत्पादनमा अभिबृद्धि, रोजगारीका अवसरको सृजना गर्न एवम बिना धितो सहलियत दरमा कर्जा प्रवाह गरी स्वदेशमै स्वरोजगार बनाउन र सुदूरपश्चिम प्रदेशमा गरिबी निवारण तथा आर्थिक समानता कायम गर्न बान्छनीय भएकोले नेपाल को संविधानको धारा १९७ बमोजिम प्रदेश सभाले ऐन बनाएको विधेयकको प्रस्तावनामा उल्लेख छ ।

यस्तै प्रदेश सभाको आजको बैठकमा वातावरण संरक्षण गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र प्रदेश सभा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल पश्चात तयार गरिएका प्रतिवेदनहरु पेश गर्नुभएको थियो ।   

वातावरण विधेयक माथिको प्रतिवेदन अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवर र प्रदेश सभा सम्बन्धी विधेयम माथिको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले पेश गर्नुभएको थियो ।