पञ्चेश्वर परियोजना तीव्र गतिमा अघि बढाउन दुई प्रधानमन्त्री सहमत

पञ्चेश्वर परियोजना तीव्र गतिमा अघि बढाउन दुई प्रधानमन्त्री सहमत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमती गरिएको बताएका हुन्। उनले भने, ‘पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमती गरेका छौं। यो परियोजना गेमचेन्जर बन्नेछ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल, सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो। सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाइँदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो। 

नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको पञ्चेश्वर योजना सम्बन्धमा वि.सं. २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो।