कोरोना संक्रमण शून्य हुदै , देशभर संक्रमण अवस्था कस्तो ?

कोरोना संक्रमण शून्य हुदै , देशभर संक्रमण अवस्था कस्तो ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार  सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ३६० नमुना परीक्षण गर्दा ११ जनामा मात्र कोरोना पुष्टि भएको छ। 

मन्त्रालयको विवरणअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९४२ छ। पछिल्लो समय ९० जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै संक्रमणबाट छुट्कारा पाउनेको सङ्ख्या ९ लाख ६५ हजार ५५९ पुगेको छ। यो भनेको ९८.७ प्रतिशत दर हो। 

देशका १९ जिल्लामा सङ्क्रमित शून्य  छन्  ती जिल्ला– सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, सप्तरी, चितवन, नुवाकोट, दोलखा, भक्तपुर, मनाङ, मुस्ताङ, रुकुमपूर्व, दाङ, रुपन्देही सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला हुन्। नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ। हाल होम आइसोलेसनमा ९०२, संस्थागत आइसोलेसनमा ४०, आईसीयूमा १६ र भेन्टिलेटरमा दुई जनाको उपचार जारी छ। शनिबार पछिल्लो २४ घण्टामा ५६ हजार ९९३ जनाले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।