कट्याङ्ग्रीने जाडोमा रुखमा बसेर न्यायका लागि महिलाले फोन गरेको अनुभव छ : उपमेयर सुशीला मिश्र भट्ट

कट्याङ्ग्रीने जाडोमा रुखमा बसेर न्यायका लागि महिलाले फोन गरेको अनुभव छ  : उपमेयर सुशीला मिश्र भट्ट

धनगढी।  न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि सरोकार वाला तथा संचारकर्मी हरु संङ्ग एक दिने विषयक कार्यक्रम धनगढी मा सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिको न्यायिक समितिले सोमबार संचालन गरेको उक्त कार्यक्रम मा उपमेयर सुशीला भट्ट मिश्र ले पुसको कट्याङ्ग्रीने जाडोमा रुखमा बसेर न्यायका लागि एक महिलाले आफुलाइ फोन गरेको अनुभव सुनाएकी हुन।

न्यायिक समितिको स्थापना काल देखि अहिले सम्म को अनुभव सुनाउने क्रममा उनले भनिन् जाडो को महिना घर बाट निकालिएकी वडा नम्बर १० कि महिला को पिडा पनि मेरै आखा अगाडी छ , त्सपछि मैले राती वडा अध्यक्ष लाई बोलाए ति महिला लाई घर भित्र पुर्याएको सम्झिन्छु ।

यसरी आफ्नो पिडा ल्याएर न्यायका लागि न्यायीक समितीमा आउने मानिसहरु को पिडा र परिचय गोप्य राख्नु पर्ने हुदा कतिपय मुद्दा हरु बाहिर ल्याउन नसकेको उनले बताईन ।

उनले उदाहरण दिदै थपिन् १९ बर्ष को केटी र २१ बर्ष को केटा बिच सहमति मै शारीरिक सम्पर्क हुँदा कानुन नबुझेकै कारण उक्त केटा ले जेल गएका अवस्था हरु छन् , जसले गर्दा २१ बर्ष मै जेल जाने केटाको मानसिक अवस्था मा असर पुगेर उसको सोच र समाज को दिशा अर्कै तिर जाने डर पनि व्यक्त गरिन् । यस्ता कानुन नबुझेका किशोरकिशोरी को हरु जेल जादा भोलि उनिहरु ले कस्तो किसिम को समाज सृजना गर्ने र उनिहरु को मनस्थिति कस्तो हुन्छ भन्ने कुरा सोच्नु पर्ने बताईन ।

कोभिड १९ का बेला घर भित्र का तनाव र हिसा मा परेका लाई समेत परामर्श र न्याय दिएको उनले सम्झिईन ।साथै कोभिड का बेला कार्यालय मा कर्मचारी आउने सक्ने स्थिति नभएका बेला समेत आफु ले फोन मार्फत भए पनि पीडित हरु लाई परामर्श दिनुकाका साथै तत्काल न्याय दिलाएको जानकारी गराईन् ।

धनगढी उपमहानगरपालिका न्यायिक समितिले सेफ हाउस को स्थापना समेत गरिसकेको र  कहिकतै महिला घर बाट निकालीएको अवस्था या घर मा बस्नै नसक्ने अवस्था भएको खण्ड त्यस्ता महिलालाई सुरक्षित गराउन पनि सेफ हाउस को व्यवस्था गरीसकेको उनले बताइन् ।

न्यायिक समिति सङ्ग उनान्नब्बे मेलमिलाप कर्ता रहेको र वडा स्तर मा मेलमिलाप केन्द्र को स्थापना समेत भैसकेको जानकारी दिईन। जेष्ठ नागरिक लगायत का अन्य २० देखि २५ हजार विवाद हरु आफु कहाँ परामर्श का लागि आएको र धेरै भन्दा धेरै विवाद मिलाए को बताइकी छन् ।

त्यसैगरी उनले समाज का हरेक व्यक्ति जसले कानु बुझेका छैन उनीहरुलाई नियम कानुन बुझाउनु आवश्यक रहेको बताएकी छन् ।तसर्थ विभिन्न कानुनी निकाय हरु ले कानुन दिवस लगायत अन्य अवसर मा कानुन पालना सम्बन्धि सचेतना तथा कार्यक्रम गर्दा एउटा बन्द कोठा मा नभई धेरै भन्दा धेरै व्यक्ती ले सुन्ने र बुझ्ने गरेर कानुनि ज्ञान दिनु आवश्यक रहेको बताईन् ।

जब सम्म आफु लाई पर्दैन मानिस ले ठाँउ खोज्दैन , न्याय खोज्दैन् र सुनेको कुरा समेत बिर्सन्छन्न उनले भनिन् ।न्याय का लागि न्यायीक समिति हुदै गर्दा विभिन्न संचार माध्यम का पत्रकार तथा सरोकार वाला सस्था हरु ले पनि कानुन नबुझेका र न्याय खोज्ने लाई कसरी अदालत सम्म जाने जस्ता कुरा मा सहयोग गर्न आग्रह गरिन । पत्रकार हरु ले बोलेका र लेखेका कुरा ले पनि न्याय खोज्न र पाउन धेरै ठुलो भुमिका रहने उनले दोहर्याईन् ।