सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटना अभ्यास देखाइने

सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटना अभ्यास देखाइने

दार्चुला । दार्चुलामा सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटना अभ्यास देखाइने भएको छ । विपद घटना भएको परिकल्पना गरी कृतिम घटना अभ्यास तथा तालिम कार्यक्रम गरिने जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

यो समयमा हावाहुरी तथा आगलागी हुने जोखिम रहेकाले यहि चैत्र २४ गते (बिहीवार) जिल्ला प्रशासन कार्यालयको आयोजनामा सुरक्षा निकाय, नेपाल रेडक्रस र सम्बन्ध निकायद्धारा आगलागी नियन्त्रण सम्बन्धी कृतिम अभ्यास गरिने उनले बताए ।

कृतिम अभ्यासको प्रदर्शन बिहीवार बिहान ११ बजे विरेन्द्र वनस्थित नेपाली सेनाको खुला मैदानमा हुनेछ । सम्भावित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न विपद सम्बन्धी सचेतना अभिवृद्धिका लागि सुरक्षा निकाय र सरोकारवाला निकायद्धारा स्थानीयलाई पनि राखेर कृतिम घटना अभ्यास र तालिम कार्यक्रम देखाइने प्रजिअ उपाध्यायले बताए ।

यस्तै सोमवार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यो समयमा हावाहुरी तथा आगलागीजन्य घटनाहरुबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहलाई सचेतनामूलक कार्यक्रमका साथै पूर्व तयारी व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।