बलात्कार आरोपमा थुनामा रहेका पल शाहलाई नवलपुर लगियो

बलात्कार आरोपमा थुनामा रहेका पल शाहलाई नवलपुर लगियो

नाबालिकलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पल शाह (पूर्णविक्रम शाह) लाई तनहुँ कारागारबाट नवलपुर लगिएको छ। नवलपुरमासमेत परेको बलात्कारको उजुरी घटनामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको हो। 

शाहविरुद्ध एक नाबालिकले तनहुँ र नवलपुरमा बलात्कार उजुरी दर्ता गराएकी थिइन्। तनहुँ अदालत बलात्कार घटनामा शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ। नवलपुर घटनाको भने थुनछेक बहसनै भएको थिएन। 

शाहले भने तनुहँ जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालत कास्कीमा रिट दायर गरेका छन्। उक्त रिटको सुनुवाइ हुन बाँकी नै छ।