पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि, ५१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि, ५१ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार २३ जना नौ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ छ । २४ घण्टामा १७ हजार ७५५ जनाले खोप लगाएका छन् ।