देशको आर्थिक अवस्थाको बारेमा एमाले ले आफ्नो धारणा राख्दै

देशको आर्थिक अवस्थाको बारेमा एमाले ले आफ्नो धारणा राख्दै

नेकपा एमालेले नेपालको आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । 

सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । 

धारणा तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा सार्वजनिक गरिने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार पार्टीको धारण सार्वजनिक गर्न एमालेले आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन बोलाएको छ ।