बैतडीको भटनामा मंगलबार देखी २ दिवसीय ‘दनौज जात’ हुने

बैतडीको भटनामा मंगलबार देखी २ दिवसीय ‘दनौज जात’ हुने

बैतडी । बैतडीको भटनामा मंगलबार देखी २ दिवसिय दनौज जात हुने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं. ४ मा २ दिवसीय दनौज जात हुने भएको हो । 
परापूर्व काल देखी दैविय शक्ति रहेको, लामो ईतिहास बोकेको भटनामा दनौज जात विषेश गरी यहाँका देवी, देवता मालिका, महादेव र पहरौलको (स्या) पुरा गर्न अर्थात पुजा गर्न हेरक वर्ष शिव रात्रीको साँझ बाट जागरनको रुपबाट सुरु भई हरेक दिन जशो साँझ पञ्चेबाजा (दमाहा, भोकर, झ्याली) लगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाच हुने र चैते दशै अन्तरगतको राम नवमी पछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) जात हुने स्थानीय मालिका मावि का शिक्षक हरिचन्द्र भट्टले बताए । 
भट्ट्का अनुसार यसपाली २९ गते मंगलबार काकल काट्ने रतेडी (रात्री कालीन) जात हुने छ । भने ३० गते दिशेडी (दिउँसो) जाँत हुने छ । 
सो दुई दिने जाँत अन्तरगत पहिलो दिन सल्लो काट्ने दमाहा लगायतका स्थानी बाजाको साथमा देवी देउतका नाम जप्दै विभिन्न मन्दीरमा पुगाउने, देउडा, ठाडीभाका विभिन्न किसिमका बाजा कला, धामी झाक्रीको नाँच प्रदर्शनि, बाहुन, क्षेत्री, दलीत लगागायत विभिन्न जातजातीका मानीस बसोवास गर्ने सो ठाउँका भिभिन्न टोलमा बस्ने स्थानी हरुले संयुक्त रुपमा मनाउने दनौज जाँतमा दमाहाको बाजा प्रदर्शनि, देउडा खेल पुजा विषेश हुने गर्दछ । 
त्यस्तै, दोश्रो दिन पनि रात्रिकालिन प्रकृया दोहोरीने अन्य स्थानबाट आएका दर्शनार्थी, श्रद्धालु भक्त जनहरु दनौज मेलामा सहभागी भएर विभिन्न मनोकामना पुरा हुने र मालीका महादेवको कृपा रहिरहने भन्दै त्यहाँको स्थानीय संस्कृति एवम् देवी देवताको आराधना जप्दै विभिन्न बाजा गाजा र देउडाको धुनमा रमाउँछन् । 
यद्धपी यहाँको संस्कृति दनौज मेलामा प्रस्तुत हुने र देखाईने विभिन्न कलाहरुको दैविय शक्ति लगायतका अन्य कलाहरु बयान गर्न नसकिने र विभिन्न मनमोहक दृश्य अवलोकन गर्न होस या आशिस ग्रहण गर्न यहाँ उपस्थित भएमात्रै महसु हुने भट्टको भनाई छ । 
बझाङ, दार्चुला, डडेल्धुरा नजिकका भारतिय शहर, पुर्चौडी नगरपालिकाका विभिन्न वडा वासी र यहाँबाट बसाई सराई गरी होस या रोजगारीको शिलशिलामा विश्वरभर छरिएर बसेका पुर्चौडी वासी सँगै भटना वासी भने दनौज मेलामा हर सम्मभव यहाँ फर्किने र पुग्ने कोसिस गर्छन् । भने (जुठो परेका, काम विषेश एवम् जिम्मेवारी विषेशले आउन नसक्ने र धर्म संस्कृति प्रति कम आस्थावान व्यक्ति मात्रै अनुउपसिथत हुने स्थानीयको भनाई छ । 
दनौज जातमा दर्शनार्थी, श्रद्धालु भक्तजनहरुको सुरक्षा तथा जाँत मर्यादित बनाउँन ईलाक प्रहरी चौकी हाट र अस्थाइ प्रहरी चौकी भटना बाट प्रहरी खटाईएको जनाईएको छ।