कारागारमा रहेका पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड

कारागारमा रहेका पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड

'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' सम्पन्न भएको छ। सोमवार चलचित्र विकास बोर्ड सभाहलमा आयोजना भएको अवार्ड समारोहमा पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले विजेताहरुलाई अवार्ड हस्तान्तरण गरेका थिए।

कोभिड १९ कोरोनाको महामारीका बिचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेढ दर्जन चलचित्रलाई समारोहमा सम्मान पत्र दिइएको थियो। यस वर्षको बल्कबस्टर चलचित्रमा ुम यस्तो गीत गाउँछु २ु उत्कृष्ट घोषित भएको छ।

त्यसैगरि, यस फिल्मबाट अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा अभिनेत्री पूजा शर्मा उत्कृष्ट अभिनेत्री ठहरिन्। यसै फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेका पल शाह हाल तनहुँ कारागारमा छन्।

कलाकार शिव श्रेष्ठको निर्माण कम्पनीलाई कोरोना महामारीमा पहिलो फिल्म रिलिज गरिएकोले सम्मान गरिएको थियो। सामाजिक विषयवस्तु उठानमा बनेको चलचित्र 'चुरिफुरी' लाई पनि अवार्ड प्रदान गरिएको थियो। फिल्म 'कठपुतली' लाई प्रोत्साहन सम्मान पाएको थियो। नव प्रतिभा बिधामा शिवका छोरा शक्ति श्रेष्ठले अवार्ड जितेका थिए।