हुनेखानेका घरमा इन्भटर ,हामी गर्मीले मर्ने ? धनगढीमा घण्टौ जान्छ विद्युतको लाईन

हुनेखानेका घरमा इन्भटर ,हामी गर्मीले मर्ने ? धनगढीमा घण्टौ जान्छ विद्युतको लाईन

धनगढी / धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा भईरहेको अघोषित लोडसेडिङ कारण सर्वसाधारणहरुले  सास्ती खेप्नु परेको छ । उपमहानगरपालिका तारानगर ५, वडा नम्बर २ र सन्तोषि टोलमा बेला -बेला मा बिना जानकारी विद्युतको को लाईन काटिने गरेको छ । 

सन्तोषीटोल मा सोमबार साँझ ७ बजे देखि काटिएको विद्युतको लाईन मंगलबार दिउँसो ४ बजे सुचारु भएको टोलवासि ले गुनसो गरेका छन् । तारानगर ५ मा दिनभरि बत्ती आउने जाने भईरहन्छ भने वडा नम्बर २ मा सोमबार राती ८ बजे काटिएको विद्युतको लाईन रातिको ११ -१२ बजे सुचारु भएको स्थानीय  उषा ले गुनासो गरेकी छिन । गर्माीको समयमा बेला बेला मा बिना जानकारी विद्युतको को लाईन काटिदा बुढापाका तथा बालबालिका लाई बढी समस्या भएको र बालबालिकाहरुको परिक्षा संचालन भइरहेका बेला विद्यार्थी हरु लाई पठनपाठन को लागि समस्या हुनु का साथै गर्मि ले हैरानी खेप्नु परेको उनले बताईन् । 

साथै  एसईई को समेत परिक्षा नजिक आईरहेका बेला यसरी बिजुलि को लाईन कटिदा उनीहरुको पढाई मा समेत असर पर्ने उनले आक्रोस पोखेकी छिन् यसका साथै आफ्नो व्यावसायिक कामकाजका लागि मोबाईलमा चार्ज नहुदा समस्या भएको बताईन्  । 

हुनेखानेका त घरमा इन्भटर लगायत का विकल्प होलान् तर हामी जस्ता सर्वसाधारण निकै दुख भएको छ उनले भनिन् ।  बिजुलीको लाईन किन काटेको कुन बेला सुचारु हुन्छ भनेर विद्युत कार्यालय मा फोन गर्दा फोन पनि नउठ्ने गरेको दुखेसो पोखकी छिन् । 
  
यता विद्युत कार्यालयका इन्जिनियर रोशन कुमार ठाकुरले विद्युतको को लाइन काटिएको थाहा पाएपछी उक्त क्षेत्र मा मर्मत का लागी प्राबिधिक पठाएको तर घन्टौ सम्म पनि खराबी पत्ता नलागेर विद्युतको सुचारु हुन ढिलो भएको बताएका छन्। 
र २ ३ दिन देखि समय समय समयमा लाइन काटिने समस्या भने गर्मि को समयमा अधिक विद्युत खपत हुने भएका कारण बिजुली जाने गरेको जानकारी दिए ।