भारतमा बुबा भेट्न पुगेका भीमको सुतेकै अवस्थामा गयो ज्यान

भारतमा बुबा भेट्न पुगेका भीमको सुतेकै अवस्थामा गयो ज्यान

धनगढी । भारतमा आगलागीमा परि भीमको ज्यान गएको छ ।  अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि  ती बालकको ज्यान गएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ ।

मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए ।

राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर भने सुतेको अवस्थामा रहेकाले उनी आगलागीमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको शव पोष्टमार्टम गरि आफन्तलाई बुझाउने तयरी भइरहेको जनाइएको छ ।