आलिताल ५ को अध्यक्षका लागि चुनावी मैदानमा फेरि बोहरा

आलिताल ५ को अध्यक्षका लागि चुनावी मैदानमा फेरि बोहरा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ५ को अध्यक्षका लागि प्रकाश बोहरा  चुनावी मैदानमा उत्रिएका छन। नेकपा एमाले आलितालका इन्चार्ज समेत रहेका बोहरालाई नेकपा एमाले जिल्ला कमिटीले वडाअध्यक्ष लागि मंगलबार सिफारिस गरेको हो । यस संगै एमालेले वडा सदस्यका उम्मेदवारहरुको समेत टुङ्गो लगाएको छ । वडा नं ५ को सदस्यमा खुला महिला सदस्यमा रत्नादेवी साँउद,महिला सदस्यमा कमली बिष्ट, दलित महिला सदस्यमा पद्मा देवि कार्की र पुरुषमा कृष्ण बहादुर मडैलाई सिफारिस गरिएको नेकपा एमालेका आलिताल गाउँपालिका इन्चार्ज बोहराले जानकारी दिए। 

अध्यक्ष बोहराले यस अघि २९९ मत ल्याएर चुनाव जितेका थिए। उनि फेरि अध्यक्ष पदमा चुनाव लड्दै छ्न। यसै गरि  सदस्य रत्ना देवि साँउद,पद्मा कार्की र कृष्ण बहादुर मडै  यस अघि पनि एमालेबाट निर्वाचित वडा सदस्यहरु हुन् । 
हाल उक्त वडामा कुल १३२० मतदाता रहेका छ्न।