कैलाली प्रहरी प्रमुखमा राठौरको 'इन्ट्री', विश्व अधिकारीको काज सरुवा

कैलाली प्रहरी प्रमुखमा राठौरको 'इन्ट्री', विश्व अधिकारीको काज सरुवा

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ। 

प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको काज सरुवा निर्णय गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली बाट केन्द्रिय अनुसन्धान  ब्युरो महाराजगन्ज काठमाडौं मा काज सरुवामा पठाईने भएको छ  ।

अधिकारीको सरुवासँगै प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्साल बाट सोमेन्द्र सिंह राठौरको जिल्ला प्रहरी कार्यालय कैलालीको एसपीमा इन्ट्री हुने भएको छ ।