सेती प्रयोगशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ नमूनाको कोरोना परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै सोही अवधिमा थप दुई जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा एकजना विरामी उपचाररत छन ।