एसपी विश्व अधिकारीको ९ महिने कार्यकाल को प्रगति विवरण

एसपी विश्व अधिकारीको  ९  महिने कार्यकाल को प्रगति विवरण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली का प्रहरी उपरीक्षक  विश्व अधिकारीले ९ महिने कार्यकाल को प्रगति विवरण पेश गरेका छन् ।

धनगढी मा बुधबार पत्रकार सम्मेलन को आयोजना गरेर प्रहरी उपरीक्षक अधिकारी ले आफ्नो कार्यकाल को ९ महिना को विवरण पेश गरेका हुन । 

अधिकारी ले आफ्नो कार्यकाल को गत ९ महिना को अवधि मा १ हजार २४ वटा मुद्दाहरू दर्ता भएको जानकारी दिएका दिए । दर्ता भएका २४ वटा मुद्दाहरू मध्ये कर्तव्य ज्यान सम्बन्धिका भएको उनले बताए । कर्तव्य ज्यान सम्बन्धिका का १४ वटा मुद्दा मध्ये १२ वटा मुद्दा समाधान गर्न सफल भएको उनले जानकारी दिए । यस्तै जिल्ला मा भयावह अवस्था मा रहेको लागुऔसध सम्बन्धि दर्ता भएका १११ मुद्दा मा ९ जना महिला र १६१ जना पुरुष गरि जम्मा १७० जना लाई पक्राउ गरी कानुनी दायरामा ल्याउ सफल भएको बताए ।

उनले आफ्नै कार्यकाल मा लागुऔसध सम्बन्धि हाम्रा सन्तति को भबिस्य बचाउ अभियान सुरु गरेको स्मरण समेत गराएका छन् । हाम्रा सन्तति को भबिस्य बचाउ अभियानमा प्रहरी सक्रियता ले गर्दा बढी भन्दा बढी कसुरवार लाई कानुनी दायरा मा ल्याउन सफल भएको बताए।

यसैगरि ९ महिना को अवधि मा ९१ जना फरार अभियुक्त लाई पक्राउ गरेको जुन गत बर्ष को तुलना मा ३० प्रतिशत बढीले उपलब्धि हासिल गरेको जानकारी दिए ।  यो संगै भन्सार छली अबैध सामान ओसारपसार गर्ने गत बर्ष ९७ लाख बराबर को सामान बरामद गरीएको मा उनको कार्यकाल मा १ करोड २० लाख ७५ हजार बराबर को सामान बरामद गर्न सफल भएको बताएका छन् ।

एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली बाट केन्द्रिय अनुसन्धान  ब्युरो महाराजगन्ज काठमाडौं मा काज सरुवामा पठाईएको छ  ।