धनगढी । आफ्नै शरीरमा आगो लगाएर एक युवकको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका २ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो ।
उनले बिहीबार मदिरा सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका प्रहरीले बताएको छ।
उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको र शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी वेद प्रकाश जोशाीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जोशाीले बताए ।