एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु

एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु

धनगढी ।  जिल्लाको  टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल  आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका ४ मोरनीयामा भे१च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका-३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको निरीक्षक सिंहले 
जानकरी दिए ।