लोकमार्ग विधेयक २०७५ लाई प्रदेश सभामा दर्ता गर्न मन्त्रीपरिषदको स्वकृति

लोकमार्ग विधेयक २०७५ लाई प्रदेश सभामा दर्ता गर्न मन्त्रीपरिषदको स्वकृति

सुदूर पश्चिम प्रदेश मन्त्रीपरिषद को आजको बैठकले प्रदेश लोकमार्ग विधेयक २०७५ लाई देश सभामा दर्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरेको प्रदेश लोकमार्ग विधेयक २०७५ लाई स्वीकृत गर्दै प्रदेश सभामा दर्ता गर्न अनुमति दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकपछि जानकारी दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीले केही सडकलाई प्रदेश गौरबका सडक घोषणा गरिएकोले निर्माणमा सहजता लयाउन प्रदेश लोकमार्ग विधेयक तयार गरिएको र त्यसलाई मन्त्रीपरिषदले स्वीकृत गरेको बताउनुभयो ।

यस्तै मन्त्रीपरिषदको आजको बैठकले भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषि यान्त्रीकिकरणका लागि साझेदारीमा कष्टम हायरिङ सेन्टर स्थापना तथा सञ्चालन कार्यविधि २०७५ लाई स्वीकृत गरेको छ ।

प्रदेश सरकारले बजेट भाषणमै कष्टम हायरिङ सेन्टर स्थापना गर्ने उल्लेख गरेको थियो ।