धनगढीमै न्युनतम शुल्कमा सेवा दिइरहेको केजी हस्पिटलको दावी

धनगढीमै न्युनतम शुल्कमा सेवा दिइरहेको केजी हस्पिटलको दावी

धनगढी । धनगढी उप-महानगरपालिका वडा नम्बर ४ चौराहमा रहेको केजी हस्पिटलले आफ्नो सेवा सुविधाका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको छ । सेवा सुरु गरेको छोटो समयमै पेसेन्टको मन जित्न सफल केजी हस्पिटलले आफ्नो सेवा सुविधाका बारेमा जानकारी गराएको हो । 

हस्पिटलका प्रबन्धक तथा जेनेरल तथा ल्याप्रोष्कोपीक सर्जन डा. दिपककुमार सिंहले सामुदायिक अस्पतालको शुल्कमा आफुहरुले सेवा दिईरहेको बताए । ‘न्यूनतम शुल्कमा सेवा दिईरहेका छौँ’, उनले भने । ‘कतिपय अस्पतालमा पहिले नै पैसा जम्मा गर्नुपर्ने हुन्छ । तर, हामीले पहिले उपचार त्यसपछि पैसा भन्ने गरेका छौँ ।’ उनले पैसा भन्दा सेवा महत्वपूर्ण हुने बताए ।

अस्पतालमा आकस्मिक सेवा, आईसीयु, तथा पीआसियु सेवा, भिडियो एक्स–रे (अत्याधुनिक प्रविधिद्वारा) विशेषज्ञ डाईक्टरद्वारा चेक जाँच, अप्रेसन सेवा, अत्याधिनिक प्रयोगशाला, डिजिटल एक्सरे सेवा, एम्बुलेन्स सेवा, सुरक्षित सुत्केरी सेवा दिने गरेको छ ।

यस्तै, इसीजी, इसीएचओ (मुटुको भिडियो एक्सरे) सेवा, इन्डोस्कपी सेवा रहेको छ । डाक्टर सिंहका अनुसार हर्निया, एपेन्डिस, दुरबिनबाट पित्तथैली, दुरबिनबाट पाठेघरको अप्रसन, अण्डासय को अप्रेसन लगायतको सेवा दिने गरेको छ । २५ बेडको अस्पतालमा ६ वटा आईसीयु बेड रहेका छन् । अस्पतालमा चिकित्सक सहित ७० जना कर्मचारी रहेका छन् ।