कति मारिएका छन्, कति लखेटिएका छन्

कति मारिएका छन्, कति लखेटिएका छन्

कति मारिएका छन्, कति लखेटिएका छन् 
कति लुकेका छन्, कति प्रष्ट देखिएका छन् 

अभाव, गरिबी, अशिक्षा जस्ता तत्त्वहरूले
मिठा सपनाहरू चारैतिरबाट घेरिएका छन् 

बैठक बस्दै छन् तलब बढाउन सरकारहरू,
महङ्गीको मरुभूमिमा जनता सेकिएका छन् 

चुप लाग्नुहोस सरकारलाई सहयोग गर्नुपर्छ 
मौसुफ सरकार आराम गरि बक्सिएका छन्।

रैतीहरू जनता बन्ने हिम्मत गर कि नेताहरू
नठानून जनताले सपनाहरू बिर्सिएका छन्