स्थानीयतह निर्वाचनः उम्मेदवार बन्न बेरुजु फच्र्यौट गर्न थाले सुदूरका बहालवाला जनप्रतिनिधि

स्थानीयतह निर्वाचनः उम्मेदवार बन्न बेरुजु फच्र्यौट गर्न थाले सुदूरका बहालवाला जनप्रतिनिधि

धनगढी । गाउँपालिका राष्ट्रिय महासँघ सुदूरपश्चिम प्रदेशको आग्रहमा प्रदेश भित्रका सबै गाउँपालिका अध्यक्षहरू  बेरुजु फच्र्यौट गर्न थालेका छन् । महासँघले २०७४ सालमा निर्वाचित भएका र यही वैशाख ३० गते हुने स्थानी तहको निर्वाचनमा पुनः उम्मेदवार बन्ने गाउँपालिकाका अध्यक्षहरू लाई आफ्नो नाममा बेरुजु भए  फच्र्यौट गर्न आग्रह गरेको हो ।

गाउँपालिका राष्ट्रिय महासँघ सुदूरपश्चिम प्रदेशले जानकारी स्वरूप पहिलो पत्राचार गरेको गाउँपालिका राष्ट्रिय महासँघ सुदूरपश्चिम प्रदेश कार्यालय अधिकृत नवराज उपाध्यायले बताए । पहिलो चरणमा गाउँपालिकाले पाँच वर्ष सम्म गरेका कामकारबाही जनप्रतिभिको कार्यकाल भरी भए गरेका सम्पूर्ण कामको विवरण समेत पेस गर्न आग्रह गरिएको उपाध्यायको भनाई छ । ''महाँसंघले अहिलेका निर्वाचनमा उम्मेदवारी दिने नदिने के हो ? आफ्नो नाममा बेरुजु रकम भए फच्र्यौट गर्ने सबै मातहतका, सदस्य गाउँपालिकाहरू लाई पहिलो चरणको पत्राचार गरिसकेका छौँ । आसा छ समयमै उहाँहरूले चाँडै विवरण बुझाउनुहुने छ । नबुझाए फेरी पत्राचार गछौं ।'' उनले भने ।

त्यस्तै, हाल गाउँपालिका प्रमुख रहेका व्यक्तिहरू पुनः उम्मेदवार बन्ने भए उम्मेदवारी दिन पूर्व बेरुजु रकम भए नभएको बारे स्पट पारी लिखित विवरण पेस गर्नु पर्ने र सो कार्य नगरे नगर्ने उम्मेदवार स्वयम अप्ठ्यारोमा पर्ने उपाध्यायले बताए । ''बेरुजु भए नभएको स्पष्ट नपारी सम्भवतः उम्मेदवारी नै दिन मिल्दैन कदम कदाचित त्यस्तो गरेमा भोलि नदिने उम्मेदवार स्वयमलाई गाह्रो पर्ने विषय हो त्यसैले उहाँहरूले क्लियर गर्नु हुन्छ ।'' उनले भने । 

यद्धपी अहिले सम्म प्रदेशभरका दुई गाउँपालिका अध्यक्षहरूले आफ्नो कुनै पनि रकम बेरुजु नरहेको जानकारी दिएको उपाध्यायले बताए । त्यसमा जोरायल गाउँपालिकाका अध्यक्ष र सायल गाउँपालिकाका अध्यक्ष रहेका छन् । 

कुनै पनि उम्मेद्धवारले फेरी दोहोरिन आफूमाथि कुनै बेरुजु रकम भए  फच्र्यौट गरे पश्चात् मात्रै उम्मेदवारी घोषणा गर्नुपर्ने निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहितामा उल्लेख गरेको छ ।