धनगढी-२ को वडाअध्यक्षमा एकीकृत समाजवादीबाट खत्री सिफारिस

धनगढी-२ को वडाअध्यक्षमा एकीकृत समाजवादीबाट खत्री सिफारिस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट सुरेन्द्र खत्री सिफारिस भएका छन् ।

बुधबार बसेको वडा कमिटीको बैठकले खत्रीलाई सर्वसम्मत सिफारिस गरेको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले उनलाई वडाअध्यक्षको लागि सिफारिस गरेको हो ।

स्थानीय चुनावका लागि एकीकृत समाजवादी पार्टीले धनगढीका विभिन्न वडामा उम्मेदवार टुंगो लगाउन थालेको छ ।