मोटरसाइकलको पाङग्रामा आफ्नै सल बेरिँदा लडेर युवतीको मृत्यु

मोटरसाइकलको पाङग्रामा आफ्नै सल बेरिँदा लडेर युवतीको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।