सुख्खा पहिरोमा परि एक जनाको मृत्यु

सुख्खा पहिरोमा परि एक जनाको मृत्यु

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. १ कचलमा सुख्खा पहिरोमा परि एक जनाको मृत्यु भएको छ ।

सुख्खा पहिरोमा परी कचल फाँट सिँचाइ आयोजनाको काममा खटिएका तिनाउ गाउँपालिकाको वडा नं. १ कचलका अन्दाजी ६१ वर्षीय डिल बहादुर हिस्कीको मृत्यु भएको हो ।

सुख्खा पहिरोमा परी बेपत्ता भएका हिस्कीको सब आज बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो  ।

हिस्कीलाई कुलो खन्ने क्रममा झरेको सुख्खा पहिरोले पुरेको थियो ।