महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी

महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ ।

गए राती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा महानगरपालिकाको भागबन्डा टुङ्गिने गरी सहमति नजिक पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको थियो । तर, उपमहानगरपालिकाका सम्बन्धमा भने सत्तारुढ दलहरुबीच भने सहमति हुन सकेको छैन ।

६ वटा महानगरपालिकामध्ये नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक एक वटा महानगरपालिकामा आफ्नो उम्मेदवार उठाउने सहमति नजिक पुगेको बताइएको छ ।

११ वटा उप महानगरपालिकामध्ये काँग्रेसले ७ र माओवादीले ४ वटामा दाबी गरेकोले गए राती दलहरुबीच सहमति हुन नसकेको बुझिएको छ । सत्ता गठबन्धन दलहरूले आज सहमति गर्ने दाबी गर्दै आएका छन् ।