अछाममा सेनाको गाडी दुर्घटना हुँदा पाँच जनाको घाइते

अछाममा सेनाको गाडी दुर्घटना हुँदा पाँच जनाको घाइते

अछाम । अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

बुधबार जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिकाको जमालगाँउमा सेनाको गाडी दुर्घटना भएको हो ।

डोटीबाट कालिकोट तर्फ गईरहेको ३० जना बढी सेना बोकेको गाडी (भ्यान) दुर्घटना हुदाँ ५ जना घाईते भएको बताइएको छ।

उक्त गाडी (भ्यान) आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो।घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।