टीकापुरबाट लागूऔषधिसहित दुईजना पक्राउ

टीकापुरबाट लागूऔषधिसहित दुईजना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधिसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–७ नारायणपुर बस्ने वर्ष २० का लोकेश शाही र २० वर्षीय सुरेश रावललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई १५० गोटा नाइट्राभेट, ६० गोटा विकेयर र १ ग्राम चरेशसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । बुधबार सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाकुण्डाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई टीकापुर नगरपालिका–७ जयशंकरघाट सीमा इलाकाबाट पक्राउ गरिएको थियो । उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरामा बुझाइएको गणले जनाएको छ ।