अक्षय कुमार र इमरान हाशमी सँगै ‘सेल्फी’ मा देखिने

अक्षय कुमार र इमरान हाशमी सँगै ‘सेल्फी’ मा देखिने

बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्।

गुड न्यूजबाट निर्देशनमा डेब्यू गरेका राज मेहताले यो चलचित्रलाई निर्देशन गर्न लागेका हुन्।


सेल्फी मलयालम चलचित्र ड्राइभिङ लाइसेन्सको हिन्दी रिमेक हो। यो एक सुपरस्टार र एक प्रहरी अफिसरको कथा हो।

सुपरस्टारलाई जतिसक्दो चाँडो ड्राइभिङ लाइसेन्स चाहिन्छ, जसका लागि उनले अवैध रूपमा आफ्ना फ्यानको सहयोग लिन्छन्। फ्यान मोटर विभागका अधिकृत हुन् । तर पछि यो सहयोग दुवैलाई भारी हुन्छ।


पृथ्वीराज सुकुमारन र सूरज भेन्जारामुडुको अभिनय रहेको यो चलचित्रले बक्स अफिसमा हिट भएको थियो।

राज मेहताले यो चलचित्र करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा निर्देशन गर्नेछन्। यो राज मेहतासँगको दोस्रो फिल्म हो।

राज मेहताले चलचित्र गुड न्यूजबाट डेब्यु गरेका थिए। यसअघि राज मेहता, वरुण धवन, कियारा आडवाणी, नीतु कपूर, अनिल कपूर स्टारर चलचित्र जुग जुग जियोको सुटिङमा व्यस्त थिए।