निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिऔँ, गणतन्त्रलाई सुदृढ गर्ने अवसर हो: प्रचण्ड

निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिऔँ, गणतन्त्रलाई सुदृढ गर्ने अवसर हो: प्रचण्ड

धनगढी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्न आग्रह गरेका छन् । बिहीबार सुदूरपश्चिम आएका प्रचण्डले धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । 
 
अध्यक्ष प्रचण्डले समसामयिक विषयमा आफ्ना धारणा राख्दै भने, ''नेपाली जनताले लामो सङ्घर्ष र बलिदान पछि यो परिवर्तन र संविधान प्राप्त गरेका हुन् । यो परिवर्तनको रक्षाको निम्ति निर्वाचनलाइ पनि एउटा आन्दोलन र अभियानकै रूपमा लिएर नेपाली जनताले यो गणतन्त्रलाई समावेशी लोकतन्त्रलाई अझ सुदृढ गर्ने र यो मार्फत जसरी स्थानीय तह सम्म सरकारको अनुभूति जनतालाई प्राप्त भएको छ त्यसलाई अझ सुदृढ गर्ने अझ व्यवस्थित गर्ने अवसर हो यो अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्छन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।'' 

यस्तै, प्रचण्डले जहिले पनि देशमा अप्ठ्यारो, सङ्कट आउँदा सङ्कट टार्न आफूहरूले जहिले पनि नेतृत्वदायी भुमिका खेलेको बताउँदै सुदूरपश्चिमका जनताले त्यसको मुल्याङकन गर्दै परिवर्तनको पक्षमा आफ्नो अभिमत जाहेर गरेर परिवर्तनलाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । भने  तोकिएकै समय वैशाख ३० गते नै निर्वाचन हुने बताएका छन् ।