थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १५ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २८२ जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २९ हजार ८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।