बिद्यालयको लापरवाही र प्रहरीको वेवास्ता , कैलालीमा १३ बर्षका छोराको खोजीमा भौतारिदै बुवा

बिद्यालयको लापरवाही र प्रहरीको वेवास्ता , कैलालीमा १३ बर्षका छोराको खोजीमा भौतारिदै बुवा

धनगढी  । कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक बालक हिजो आईतबार ११ बजेको समय देखि बेपत्ता भएका थिए। क्याम्पस रोडमा रहेको ऐरिस्टो विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षका मिलन ऐर बेपत्ता भएका हुन्।

आइतबार विद्यालय गएका उनी साँझसम्म घर नफर्केपछि आजसम्म भौतारिदै आफ्नो
छोराको खोजी गरिरहेको बुवा रमेश ऐरले बताएका छन् ।

उनले प्रहरी, आफन्त र छोराका सबै साथीहरुलाई जानकारी गराएको बताए। फेला पार्ने अथवा छोराको बारेमा कुनै जानकारी भएमा फोन नम्बर ९८४८७४०७०० मा सम्पर्क गर्न वा प्रहरीमा खबर गर्न ऐरले आग्रह गरेका छन्।

आज बिहान बालक का बुवा लाई सम्पर्क गर्दा उनले भने ,अहिले सम्म छोरा बारे केहि पत्ता लागेको छैन र प्रहरीले पनि केहि खबर गरेको छैन धेरै दुखि छु जङ्गल मा भौतारिदै मेरो छोराको खोजिमा छु ।

साथै बालकका बुवाले बिद्यालय प्रशासन लाई आफु हरु बालकलाई  लिन नआउँदा सम्म बाहिर निस्कन नदिनुहोला भन्दा पनि छोरालाई बिद्यालय ले वेवास्ता गर्दै बाहिर छोडेको दुखेसो पोखेका छन् ।