परशुराम ८ को अध्यक्षमा नेपाली काङ्ग्रेसबाट युवा नेता जोशीको उम्मेदवारी

परशुराम ८ को अध्यक्षमा नेपाली काङ्ग्रेसबाट युवा नेता जोशीको उम्मेदवारी

डडेल्धुरा । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका ८ को वडा अध्यक्ष पदका लागि दिनेश प्रशाद जोशीलाई नेपाली काङ्ग्रेस परशुरामले सिफारिस गरेको छ। नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन बाट सर्वसम्मत वडा सभापतिमा निर्वाचित भएका जोशी आसन्न निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार भएका हुन । बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा  लागेका नेपाल विद्यार्थी संघका नेता जोशी आसन्न १४ औं महाधिवेशनबाट वडा सभापति पदमा निर्बिरोध निर्वाचित  भएका थिए । "राजनितीमा  युवा" भन्ने  नारा सहित आएका जोशीले आफ्नो अमुल्य मत दिई वडाको समग्र विकासका लागि एकजुट हुन सबै लाई आग्रह गरेका छ्न।