आलिताल गाउपालिका अध्यक्ष पदका उम्मेदवार गुरुङले गरे मनोनयन दर्ता

आलिताल गाउपालिका अध्यक्ष पदका उम्मेदवार  गुरुङले गरे मनोनयन दर्ता

डडेल्धुरा : नेपाली काङ्ग्रेस आलिताल गाउँपालिकाका उमेदवारहरुले मनोनयन  दर्ता गरेका छ्न। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काङ्ग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि बल बहादुर गुरुङ र  उपाध्यक्ष पदका लागि जला कुमारी बिष्ट (बोगटी)ले उम्मेदवारी दर्ता गरेका छ्न। 

यसै गरि आलिताल गाउपालिकाका जम्मा आठ वटै  वडाका अध्यक्षहरु लगायत सदस्य पदका उम्मेदवारहरुले पनि आज उम्मेदवारी दर्ता गरेका छन । ५ नम्बर वडाको अध्यक्षको उम्मेदवारका लागि सहमती हुन नसके पछि छलफलमै रहेको नेपाली काङ्ग्रेसले आज टुंगो लगाएको प्रचार प्रसार समिति आलितालका प्रमुख चन्द्रदेब बोहराले बताएका छ्न। उनका अनुसार  वडा नम्बर १ का लागि  गम्भीर सिंह  बोहरा,२ का लागि प्रमोद मल्ल,३ का लागि  टेकराज पाण्डे,४ का लागि  चन्द्रदेव बोहरा, ५ का लागि चन्द्रदेब बिष्ट ,६ का लागी राम बहादुर कुँवर, ७ का लागि टेक बहादुर रोका र ८ नम्बर वडामा धन बहादुर देउवा गरि आठ वटै वडा अध्यक्षहरुले उम्मेदवारी दर्ता गरेका हुन। 

निर्वाचन आयोगले देशभर मनोनयन दर्ताको समय वैशाख ११ र १२  गते गरि दुई दिन राखेको थियो। आज उम्मेदवारी दर्ताको अन्तिम दिन हो ।