माओवादी केन्द्र र स्वतन्त्र पक्षका उम्मेदवारका समर्थकबीच झडप , अश्रुग्याँस प्रहार

माओवादी केन्द्र र स्वतन्त्र पक्षका उम्मेदवारका समर्थकबीच झडप , अश्रुग्याँस प्रहार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा माओवादी केन्द्र र स्वतन्त्र पक्षका उम्मेद्वारका बीच झडप भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका उम्मेदवारका समर्थकबीच झडप भएको हो ।

झडप हुँदा चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय तोडफोडसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । प्रहरीले अश्रुग्याँससमेत  प्रहार गरेको थियो ।

झडप हुँदा केही घाइते भएका छन् । यो नगरपालिकामा माओवादी केन्द्रबाट कृष्णप्रसाद सापकोटाले टिकट पाएका थिए । २०७४ मा माओवादी केन्द्रबाट मेयर जितेका अमानसिं तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीयले बताएका छन् । 

त्यस्तै सुनकोसी गाउँपालिकामा पनि  झडप भएको छ । नेकपा एमाले गाउँपालिका उपाध्यक्ष को उमेदवार मन्जु नेपालसहित को टोलीले एमाले नेता हरु पुरुसोतम प्याकुरेल,कृष्ण सुवेदी ,प्रेमलाल लामा लगाएत को टोलि माथि कुटपिट गरेको स्थानीयले बताएका छन्।