आयोगको निर्धारित समयमा ४७ हजार बढीले गराए उम्मेदवारी दर्ता

आयोगको निर्धारित समयमा ४७ हजार बढीले  गराए उम्मेदवारी दर्ता

निर्वाचन आयोगले मनोनयन दर्ताको ५ बजेसम्मको सूची सार्वजनिक गरेको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो ।

आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १६२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १६०६ जनाले दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुख पदमा ९५२ तथा उपाध्यक्ष पदमा १०४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १२ हजार १५१ जना, महिला सदस्य पदमा ७५९९, महिला दलित सदस्य पदमा ६६३७ र सदस्य पदमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।