'काङ्ग्रेस हारे हामिले सुरु गरिसकेका बिकासका योजना अलपत्र पर्ने छ्न' : अध्यक्ष पदका उम्मेदवार गुरुङ

'काङ्ग्रेस हारे हामिले सुरु गरिसकेका बिकासका योजना अलपत्र पर्ने छ्न' : अध्यक्ष पदका उम्मेदवार गुरुङ

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउपालिका अध्यक्ष पदका उम्मेदवार बल बहादुर गुरुङ ले नेपाली काङ्ग्रेसले चुनाव हारे आफुले सुरु गरेका बिकासका योजना हरु अलपत्र पर्ने बताएका छ्न। सोमबार उम्मेदवारी दर्ता गर्ने क्रममा राखिएको कोणसभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार गुरुङले काङ्ग्रेस हारे  आलितालको बिकास र आलितालका जनताको समृद्धिका लागि आफुले सुरु गरिसकेका बिकासका आयोजना हरु ओझेलमा पर्ने चिन्ता व्यक्त गरेका छ्न । उनले  नेपाली काङ्ग्रेसको जित नै आलिताल गाउपालिका जनताको जित हुने बताएका छ्न। उनले आफुले सुरुवात गरेका आलितालको बिकासका परिकल्पनाहरु, योजनाहरु सम्पन्न गर्नका लागि फेरि गाउपालिकामा काङ्ग्रेसको नेतृत्व हुन अत्यन्तै जरुरी रहेको बताएका छ्न। आलितालको समग्र बिकास र यहाका जनताको समृद्धिका लागि हामीले थुप्रै कामहरु गरेको र आफ्नो नेतृत्वमा सुरु भएका योजनाहरु पूरा गर्न नेपाली काङ्ग्रेसको नेतृत्व नै आवस्यक रहेको बताए। उनले भने;" हाम्रो नेतृत्वमा सुरु भएका बिकासका  सम्पुर्ण योजनाहरु यदि नेपाली काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकार बनेन भने अलपत्र पर्ने छ्न।"
 उक्त कोणसभामा बोल्दै अध्यक्षका उम्मेदवार गुरुङले यहि बैशाख ३० गते जनताले गर्ने फैसलामा नेपाली काङ्ग्रेसले आलिताल गाउपालिकामा बहुमत हासिल गर्ने कुरामा आफू ढुक्क रहेको समेत बताएका छ्न ।