चौरपाटीमा एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल, कांग्रेस एक्लै लड्ने

चौरपाटीमा एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल, कांग्रेस एक्लै लड्ने

अछाम । अछामको चौरपाटी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । पालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल हुने भनिएपनि अन्तिम समयमा समावादीसँग तालमेल भएको हो ।

कांग्रेस र माओवादीबीच सिट बाँडफाँडमा कुरा नमिलेपछि माओवादीले समाजवादीसँग तालमेल गर्ने सहमति गरेको हो ।

जसअनुसार अध्यक्षमा समाजवादीबाट हर्क बहादुर साउँदले उम्मेदवारी दर्ता गराएका छन् । भने माओवादीको तर्फबाट जीवन विक्रम साउँदले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । सोही सहमति अनुसार वडामा पनि दुवै दलबीच तालमेल भएको बताइएको छ । 

यस्तै पालिकामा नेकपा एमाले र नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएका छन् । एमालेका तर्फबाट राम आउजी र उपाध्यक्षमा अनिता खड्काले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा कांग्रेसका तर्फबाट भीम बहादुर साउँद र उपाअध्यक्षमा सरु देबी खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।