आजको मौसम

आजको मौसम

हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। 

हाल पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका  एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।